+
+

एट्लेटिकोमाथि बार्सिलोनाको जित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते ७:१८

२४ माघ, काठमाडौं । स्पानिस ला लिगाको आइतबार रातिको खेलमा  बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि ४-२ को जित हात पारेको छ ।

घरेलु मैदान क्याम्प नोउमा एक गोलले पछि परे पनि उत्कृष्ट प्रदर्शन गर्दै १० खेलाडीमा समेटिएको बार्सिलोनाले जित हात पारेको हो ।

खेलको केन्द्र बनेका डानी अल्भ्जले एक गोल र एक असिस्ट गरे । तर उनै डानी दोस्रो हाफमा सिधा रातो कार्ड पाउँदै मैदान बाहिरिए ।

खेलको आठौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई १-० को अग्रता दिलाएका थिए ।

तर अग्रता लामो समय टिकेन । दशौँ मिनेटमा जोर्डी अल्बाले डानी अल्भ्जको पासमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

२१औं मिनेटमा गाभीले गोल गरेपछि बार्सिलोना २-१ को अग्रता बनायो ।  ४३औं मिनेटमा रोनाल्डो अरुजोले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३-१ को अग्रता बनायो ।

दोस्रो हाफमा पनि बार्सिलोना रोकिएन । खेलको ४९औं मिनेटमा डानी अल्भ्सले गोल गर्दै बार्सिलोनालाई ४-१ को अग्रता दिलाए ।

५८औं मिनेटमा  बार्सिलोनाका पूर्वखेलाडी  लुइस सुआरेजले एट्लेटिकोका लागि दोस्रो गोल गरे ।

खेलको ६९औं मिनेटमा अल्भ्सले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

यस जितपछि बार्सिलोना २२ खेलमा ३८ अंक जोड्दै एट्लेटिकोलाई पछि पार्दै चौथो स्थानमा उक्लेको छ ।

एट्लेटिको ३६ अंकसहित पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?