+
+

लिभरपुल एफए कपको पाँचौं चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते ७:३७

२४ माघ, काठमाडौं । कार्डिफ सिटीलाई पराजित गर्दै लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई ३-१ ले हरायो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा चारै गोल दोस्रो हाफमा भएको थियो । च्याम्पियनसिप क्लब कार्डिफले पहिलो हाफमा पहिलो हाफमा लिभरपुललाई टक्कर दिएको थियो ।

लिभरपुलका लागि ५३औं मिनेटमा डिएगो जोटाले, ६८औं मिनेटमा ताकुमी मिनामिनोले ७६औं मिनेटमा हार्भे इलिओटले गोल गरे ।

कार्डिफका रुबिन कोलविलले ८०औं मिनेटमा सान्त्वना गोल फर्काए ।

लिभरपुलका नयाँ अनुबन्ध भएका खेलाडी लुइस डियाजले दोस्रो हाफमा मैदान प्रवेश गर्दै लिभरपुलका लागि डेब्यु गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?