+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘शक्तिमान’ अब ठूलो पर्दामा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते ८:५२

२८ माघ, काठमाडौं । सोनी पिक्चर्सले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । ९० को दशकको सर्वाधिक हिट टीभी शो ‘शक्तिमान’को भूमिकालाई चाँडै नै पर्दामा ल्याउने तयारी भएको सोनी पिक्चर्सले उल्लेख गरेको छ ।

यसका लागि सोनी पिक्चर्सले चलचित्र निर्माणको अधिकार खरिद गरेको हो । ‘शक्तिमान’ सिरियलका चर्चित कलाकार मुकेश खन्ना र सोनी पिक्चर्सले यो चलचित्रलाई निर्माण गर्नेछन् ।

तर ठूलो पर्दामा शक्तिमानको भूमिका कसले निर्वाहा गर्दैछन् भन्ने विषयमा कुनै पनि जानकारी दिइएको छैन । तर नाम चलेका एक सुपरस्टारले नै यो भूमिकामा काम गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । बलिउडको अहिलेसम्मकै ठूलो सुपरहिरो चलचित्रको रुपमा ‘शक्तिमान’ निर्माण हुने बताइएको छ ।

सिरियल ‘शक्तिमान’ टेलिभिजनको सर्वाधिक लोकप्रिय कार्यक्रम हो । यसमा मुकेश खन्नाले काम गरेका थिए । जसलाई बालबालिकाले अत्यधिक मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?