+
+

फिल्म नबन्दा अनमोलको चार महिनाको मिहिनेत खेर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते ११:०१
अभिनेता अनमोल केसी । फाइल तस्वीर

२८ माघ, काठमाडौं । अभिनेता अनमोल केसी तीन वर्षदेखि ठूलो पर्दामा देखिएका छैनन् । ठूलो पर्दामा नदेखिएपनि अनमोलको चर्चा भने बजारमा सेलाएन ।

कोरोना महामारीको समयमा मिडियामा समेत खासै नदेखिएका अनमोलको चर्चा उनले काम गर्न लागेका चलचित्रका कारण नै बढी भयो । यसबीच उनले होम प्रोडक्सन र केही बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने खबर बाहिरियो । तर चर्चा भए जसरी चलचित्र भने बनेनन् ।

अनमोलले ‘एन्टी हिरो, पारस र माइतीघर २’मा काम गर्ने कुरा भयो । घरभित्रकै यो चलचित्र नबन्दा अनमोल समस्यामा परे । निर्माता भुवन केसीले बारम्बार कोरोनाका कारण चलचित्र बन्न नसकेको उल्लेख गरेपनि अनमोलका लागि भने यी चलचित्र नबन्नु छटपटी निम्त्याउने कारण बने ।

यसैले उनले ठूलो आशा गरेर मुकुन्द भट्टको  निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स ९’ साइन गरेका थिए । यो चलचित्रका लागि अनमोलले शरीर समेत बनाए । तौल बढाए, शरीर कसिलो बनाए । तर विडम्बना नै भन्नुपर्छ, यो चलचित्रका लागि बनाएको उनको शरीर लभस्टोरी चलचित्रमा देखिने भएको छ ।

एक्सनप्रधान चलचित्रका लागि बनाएको अनमोलको शरीर ‘हनी बनी’ नामक लभस्टोरी चलचित्रमा देखिनेछ ।

अनमोल आफूले केही समय एक्सन चलचित्रका लागि गरेको मिहिनेत यसै बर्बाद त हुने होइन भन्ने कुराले पनि चिन्तित छन् । अनमोलले अनलाइनखबरसँग भने, ‘हनी बनीको कथा मलाई निक्कै मन प¥यो । मैैले पिता भुवन केसीलाई पनि कथा सुनाउँदा उहाँले पनि निक्कै मन पराउनुभयो । यसैले अब राम्रो कथालाई नछाड्ने सोचमा छु ।’

हुन त, अनमोलले राम्रो कथामा अफर आएको खण्डमा आफूलाई वर्षमै २-३ वटा चलचित्रमा काम गर्न कुनै आपत्ति नरहेको बताउँदै आएका छन् । तर उनले सोचेजस्तो भएको छैन । साइन गरेका चलचित्र नबन्ने, काम गरेको चलचित्र रिलिजको लागि समय लाग्ने लगायतका समस्याले अनमोललाई तनाव दिइरहेको छ ।

अनमोलले साइन गरेर पनि ‘ब्याचलर बन्टी, धुपौरे’ लगायतका चलचित्र छाडे । ‘ए मेरो हजुर ३’मा काम गरेको तीन वर्षपछि बल्ल उनी अभिनित नयाँ चलचित्र ‘ए मेरो हजुर ४’ दर्शकमाझ आउने तयारीमा छ ।

अनमोल ‘हनी बनी’ भने तोकिएको समयमा नै छायांकनमा जानेमा विश्वस्त छन् । निर्देशक दिवाकर भट्टराईले पनि मार्चबाट चलचित्रको छायांकन सुरु हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?