+
+

सात महिनामा १२ अर्ब राजस्व सङ्कलन

रासस रासस
२०७८ फागुन ५ गते १३:०१

५ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १२ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत साउनदेखि माघ मसान्तसम्म १२ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ३१ करोड कम राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा ११ अर्ब ७५ करोड ७२ लाख रुपैयाँ सङ्कलन भएको छ । जसमा १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।

आयकरमा ३० करोड ७७ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट)मा १७ करोड २७ लाख ९० हजार, ब्याजमा तीन करोड १४ लाख २० हजार, स्वास्थ्य सेवामा एक करोड ८३ लाख ७० हजार र घरबहाल करमा ८२ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनको भनाइ थियो ।

कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?