+
+

शीर्ष बैठकमा झलनाथ र नारायणकाजीलाई बोलाइएन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ११:५२

८ फागुन, काठमाडौं । सत्तारुढ चार दलका शीर्ष नेताहरुले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न सहमति जनाएका छन् । बालुवाटारमा आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको हो ।

यो निर्णय गर्ने बैठकमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई भने बोलाइएको थिएन । ‘आजको बैठकमा हामीलाई बोलाइएन’ नेता श्रेष्ठले भने ।

दुबै नेता एमसीसी संसदमा टेबुल गर्न नहुने अडानमा थिए । माओवादी केन्द्रका नेता श्रेष्ठ त एमसीसीको विरोधमा माओवादी भ्रातृ संगठनले गरेको प्रदर्शनमै सहभागी भएका थिए ।

शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मात्र सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?