+
+

सगरमाथा पदयात्रामा पर्ने कोङ्दे पिक होटलमा आगलागी, ८ करोडको क्षति 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १६:१८

१० फागुन, काठमाडौं । सगरमाथा आधार शिविर जाने पदयात्रा मार्गमा पर्ने कोङ्दे पिक होटलमा आगलागी भएको छ ।

२ फागुनको साँझ भएको आगलागीबाट होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको होटल सञ्चालक लाक्पा नुरु शेर्पाले जानकारी दिए । उनका अनुसार आगलागीबाट ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

यो होटल सोलुखुम्बुको फाकदिङ जम्फुटेमा अवस्थित छ । अफसिजनका कारण आगलागीको समयमा होटलमा पाहुना भने थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?