+
+

नक्कली जुँगा लगाउनुपर्ने विषयमा राजेशको तर्क

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १२:२७

११ फागुन, काठमाडौं । अभिनेता राजेश हमालले चलचित्र ‘फर्की आऊ’का लागि कपाल काट्दा ठूलै चर्चा भयो । कारण, त्यसअघिका चलचित्रमा राजेशले प्रहरीको भूमिका निभाउँदा समेत कपाल काट्न मानेका थिएनन् ।

राजेशले लामो कपाल पालेर प्रहरीको भूमिकामा देखिंदा कैयौंपटक आलोचना पनि भएको थियो । तर कपाललाई प्रिय मान्ने उनले भूमिकाअनुसार आफूलाई परिवर्तन गर्ने कोशिश गरेनन् ।

तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेका राजेश हमालको लामो कपाल नै उनको ‘सिग्नेचर’ बनेको छ । त्यसैले आजसम्म पनि उनी लामै कपालमा बढी देखिन्छन् ।

नेपाली चलचित्रमा कुनै भूमिकाका लागि आफूलाई परिवर्तन गर्नुभन्दा पनि नक्कली सामानहरुको प्रयोग गर्ने कलाकार बढी छन् । केही दिनअघि सार्वजनिक भएको राजेश अभिनित ‘हजुर मुसुक्कै’ बोलको गीतमा उनले नक्कली जुँगा राखेका छन् । यो गीतमा एक राज्यको राजाको भूमिकामा देखिएका उनले ‘सक्कली जुँगा’ पालेको भए अझै उनको अभिनयमा जीवन्तता देखिने विश्लेषण पनि सुनिन्छ ।

यो गीतका लागि राजेशसँग लामो समयदेखि कुरा भएको थियो । यो अवधिमा उनले सक्कली जुँगा नै पाल्न सक्थे । तर राजेशले यो चेष्टा पनि गरेनन् ।

यो विषयमा राजेशको आफ्नै तर्क छ । उनी भन्छन्, ‘कलाकार भइसकेपछि एउटै कामका लागि लामो समय दिन पनि नसकिने रहेछ । आज एउटा काम गरेर भोलि अर्को काम गर्नुपर्छ । यसैले पनि हामीले नक्कली सामानको प्रयोग गर्नुपर्ने हुन्छ ।’

एउटा गीतका लागि जुँगा पाल्दा केही हप्ता लाग्छ । तर त्यो बीचमा अरु प्रोजेक्टमा पनि काम गर्नुपर्ने हुनाले यो सम्भव नभएको हमालको तर्क छ । हालै मात्र एउटा विज्ञापनमा अभिनय गरेका हमालले नक्कली जुँगा नै राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?