
१२ फागुन, काठमाडौं । नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजमा अनधिकृत व्यक्ति चढेको घटनामा लापरबाही भएको निष्कर्ष निकाल्दै आफ्ना सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ ।
नेवानि व्यवस्थापनले फागुन ९ गतेका दिन दोहा उड्न लागेको जहाजमा अनधिकृत व्यक्ति चढेको विषयमा सुरक्षा व्यवस्थापनमा अत्यन्तै लापरबाही भएको निष्कर्ष समेत निकालेको छ ।
विमानस्थलको फलामे तालबार (फेन्सिङ कम्पाउन्ड) नाघेर दोहा उड्ने तयारीमा रहेको वाइडबडी जहाजमा रौतहटका असरफ आलम चढेका थिए । पार्किङमै रहेको जहाजमा असान्दर्भिक व्यक्ति चढ्नु निकै संवेदनशिल मानिन्छ ।
छानबिन समिति गठन
घटनाबारे नेपाल एयरलाइन्सले छानबिन समिति समेत गठन गरेको छ । नायव महाप्रन्धकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
समितिले १३ फागुनभित्र प्रतिवेदन दिने निगमले जनाएको छ । आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन नेवानिले प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
हेर्नुहोस् विज्ञप्तिः
प्रतिक्रिया 4