
१२ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई काठमाडौं प्रहरी परिसर टेकुले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ३७ वर्षका हस्तबहादुर ठाडा मगरलाई बिहीबार पक्राउ गरिएको एसपी दिनेशराज मैनालीले बताए ।
उनलाई उच्च अदालत पाटनले २०७७ साल फागुन १३ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै एक करोड पाँच लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
मगरले बाराको निजगढस्थित बस्तीमा आफ्नो जग्गा भएको भन्दै विश्वासमा पारी १ करोड पाँच लाख बैना रकम लिएको र पछि नक्कली लालपुर्जा भएको थाहा पाएपछि उक्त रकम फिर्ता गर्दा जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
बानेश्वरमा लुकिछपी बसिरहेको अवस्थामा मगरलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पाटन उच्च अदालतमा पेश गरिएको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ ।
प्रतिक्रिया 4