काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा. सुरेन्द्रकुमार गोयललाई प्रोफेसनल डक्टरल सर्टिफिकेट प्रदान गरिएको छ । कम्पनीका अनुसार डा. गोयललाई फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटी (ईआईयू) प्रोफेसनल डक्टरल सर्टिफिकेट इन बिजनेस म्यानेजमेन्ट (विद्यावारीधिको मानार्थ) उपाधि प्रदान गरिएको हो ।
कुशल व्यवस्थापन र व्यावसायिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शुक्रबार थाइल्याण्डमा आयोजित एक समारोहबीच डा. गोयललाई प्रोफेसनल डक्टरल सर्टिफिकेट प्रदान गरेको हो ।
डा. गोयल स्थापनाकालदेखि नै शिवम् सिमेन्ट लिमिटेडमा आबद्ध रही शिवम् सिमेन्टलाई छोटो समयमा ग्राहकहरु माझ लोकप्रिय ब्राण्ड बनाउन सफल भएका व्यक्ति हुन् ।
गोयलको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा नै शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्नुका साथै सर्वसाधारणमा सेयर निष्कासन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4