+
+

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते ११:५०

१५ फागुन, जनकपुरधाम । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बरहथवाबाट कौडेनातर्फ जाँदै गरेको प्र.२-०३-०१९प ३६०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई धनकौल गाउँपालिका-२ मधुवनी नयाँरोड सडकखण्डस्थित लँगडा पुलमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कौडेना गाउँपालिका-३ बस्ने ३५ वर्षका मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउको र शरीरमा गम्भीर चोट लागी घाइते भएका उनलाई उपचारको लागि बरहथवा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कोडैना ५ बस्ने १८ वर्षका दिपेश मुखिया घाइते भएका छन् । उनको बरहथबामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?