+
+

हत्या गरेको १६ वर्षपछि दम्पती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १६:५१

१५ फागुन, काठमाडौं । हत्या गरी फरार रहेका दुईजनालाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरू दम्पती हुन् ।

बझाङको जयपृथ्वी नगरपालिका-७ बस्ने मिनबहादुर भण्डारीको हत्या गरी फरार रहेका दुईजनालाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कमल थापाले बताए ।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-७ का ४० वर्षीय वीरेन्द्र राना र जयपृथ्वी नगरपालिका-७ कै ३३ वर्षीया रमादेवी राना छ । जिल्ला अदालत बझाङले उनीहरूलाई २०६६ चैत २२ गते कैद सजाय सुनाएको थियो । अदालतले वीरेन्द्रलाई २० वर्ष र रामदेवीलाई ३ वर्ष जेल सजाय तोकेको थियो ।

प्रहरीका अनुसार मृतक भण्डारीलाई आफ्नै घरको आँगनमा घरेलु हतियार बञ्चरो, हँसिया र कुटव प्रयोग गरी हत्या गरेर उनीहरू फरार थिए । उनीहरू दुवैलाई भिमदत्त नगरपालिका ११ बाट शनिबार पक्राउ गरी जिल्ला अदालत बझाङमा आइतबार पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटनाका ५ प्रतिवादीमध्ये गत गत मंसिर २० गते एकजनालाई पक्राउ गरिएको थियो भने अझै एक दम्पती फरार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?