
भैरहवा सेज/फाइल तस्वीर
१६ फागुन, काठमाडौं । भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्र (सेज) का एक सय ११ प्लटमा उद्योग स्थापना तथा सञ्चालन गर्न प्रस्ताव आह्वान गरिएको छ ।
सेज प्राधिकरणले आइतबार सूचना प्रकाशित गर्दै दुई ठाउँमा उद्योग स्थापना तथा सञ्चालनका लागि प्रस्ताव मागेको हो ।
भैरहवाका सेजमा रहेका ४५ प्लट र सिमरामा रहेका ६८ वटा प्लट खाली छ । विशेष आर्थिक क्षेत्रमा उद्योगलाई चहिने भौतिक पूर्वधारहरु, आन्तरिक सडक, पानी, विद्युत, सुरक्षा, पेट्रोलियम पम्प, धर्मकाँटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक, बीमा लगायतको सुविधा उपलब्ध हुने प्राधिकरणले जनाएको छ ।
सेजमा प्रतिवर्गमिटर प्रतिमहिना २० रुपैयाँ भाडामा जमिन पाइन्छ । उक्त पूर्वाधार ३० वर्षका लागि भाडामा दिन लागिएको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4