+
+

भदौमा रिलिज गर्न नेपाली फिल्मको लाइन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते ११:४०

१८ फागुन, काठमाडौं । आगामी भदौका लागि निर्माताहरुले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्न थालेका छन् । तीजलाई लक्षित गर्दै निर्माताहरुले ‘डेट बुक’ गर्न थालेको देखिन्छ ।

वैशाखमा केही चलचित्रको प्रदर्शन मिति तय भइसकेको छ भने निर्माताहरु जेठ, असार र साउनमा चलचित्र रिलिजका लागि खासै रुचि देखाउँदैनन् । झरी पर्दा दर्शक हलमा नआउने सोचाइका कारण निर्माताहरुको रोजाइमा भदौ पर्न थालेको हो ।

आगामी दशैंमा पनि अभिनेता अनमोल केसीको ‘हनी बनी’देखि निर्माता तथा अभिनेता दीपकराज गिरीको ‘छक्का पञ्जा ४’ले प्रदर्शन मिति तय गरिसकेकाले अन्य निर्माताहरुले खासै आँट गरेका छैनन् ।

यसैले भदौ १० गतेबाट हरेक साता नयाँ नेपाली चलचित्र रिलिज हुने देखिएको छ । भदौ १० गते खगेन्द्र लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘पानी फोटो’ रिलिज हुँदैछ ।

यसको एक सातापछि सुवर्ण थापाको निर्देशनमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘राधा’को प्रदर्शन मिति तय गरिएको छ ।

यसै महिनामा अर्को आशा गरिएको चलचित्र ‘बाबरी’को पनि प्रदर्शन मिति तय भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा धीरज मगर, अदिती बुढाथोकी र धीरज टोटलानीको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’ भदौ ३१ गते रिलिज हुने भएको छ ।

नेपाली चलचित्रको रिलिज मितिको लाइनअप तिहारसम्मलाई नै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?