
१८ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साहविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग ३५ सय रुपैयाँ घुस लिएको आरोपमा वडासचिव साहलाई गत माघ २० गते पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा उनको संलग्नता रहेको खुल्न आएकोले ३५ सय रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4