+
+

जनयुद्धका १२ शहीद परिवारलाई जनही १ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते २०:१८

१९ फागुन, सप्तरी । मधेश सरकारले माओवादी जनयुद्धमा ज्यान गुमाएका सप्तरीका १२ जनाको परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार राजविराजमा आयोजित कार्यक्रममा सप्तरी जिल्लाका १२ जना शहीद परिवारलाई सम्मान गर्दै नगद सहयोग गरेको हो ।

मधेशी शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले शहीद परिवारलाई सम्मान गर्दै चेक प्रदान गरे ।

उनले पहिलो चरणमा मधेश आन्दोलन र जनयुद्धमा शहीद भएकाको परिवारलाई केही आर्थिक सहयोग गरेको र अब घाइते भएकाको उपचारका लागि ध्यान दिने बताए ।

यस्तै शहीद परिवारलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले बिभिन्न तालिम सञ्चालन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?