+
+

युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते ११:०७

२४ फागुन, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ ।

युक्रेन र स्कटल्याण्ड बीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय थियो । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनले फिफासँग स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न आग्रह गरेको थियो ।

यस खेल स्थगित भएपछि वेल्स र अष्ट्रियाको खेलको विजेतासँग हुने प्लेअफ फाइनल खेल पनि पछि सर्ने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण जारी राखेपछि हाल युक्रेनमा फुटबल गतिविधि बन्द गरिएको छ । दुबै राष्ट्रसँग छलफल गरेर स्थगित खेलको नयाँ मिति घोषणा गरिने बताइएको छ ।

फिफा विश्वकप आगामी नोभम्बर-डिसेम्बरमा कतारमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?