+

यू-१९ महिला राष्ट्रिय क्रिकेट चैत ६ देखि धनगढीमा हुने

२०७८ फागुन  ३० गते ११:०८ २०७८ फागुन ३० गते ११:०८
यू-१९ महिला राष्ट्रिय क्रिकेट चैत ६ देखि धनगढीमा हुने

३० फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ -क्यान)को आयोजनामा आगामी चैत ६ गतेदेखि धनगढीमा यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता चैत ६ देखि ११ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने क्यानले सोमबार जनाएको छ । उदघाटन खेल सुदूरपश्चिम र कर्णालीबीच चैत ६ गते हुनेछ ।

प्रतियोगितामा ७ वटै प्रदेशको टिमले सहभागिता जनाउनेछन् ।

सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेश छन् । यस्तै समूह ‘बी’ मा प्रदेश १, मधेश र गण्डकी प्रदेश छन् ।

दुवै समूहको शीर्ष स्थानमा रहने टोलीबीच फाइनल हुने छ ।

नेपाली क्रिकेट महिला क्रिकेट यू-१९ महिला राष्ट्रिय क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय