+
+

सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १३:५६

३० फागुन, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठबिरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने बताए । उनले यो सूचना सर्वसाधारण लगायत सबै सरोकारवालाहरुका लागि भएको बताए ।

‘हामीले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना हामीले जारी गर्नुपर्छ । जनरल पब्लिक लगायत सबै सरोकारवालाहरुसँग त्यो सूचना जारी गर्ने हामीले निर्णय गर्‍यौं । भोलिदेखि सूचना जान्छ । र १० दिनभित्रमा यो आएपछि हामी बसेर सुनुवाइको काम प्रारम्भ गर्नेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?