+
+

‘आरआरआर’को प्रचारका लागि आमिर पनि पुगे दिल्ली

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १२:२८

काठमाडौं । ‘गंगुबाई काठियावाडी’मा आफ्नो दमदार अभिनयले सबैको मन जितेकी बलिउड अभिनेत्री आलिया भट्ट आगामी फिल्म ‘आरआरआर’को प्रमोसनमा जोडतोडले लागिपरेकी छन् ।

४०० करोड भारुको बजेटमा तयार भएको यो फिल्म यही मार्च २५ मा सिनेमा हलहरुमा रिलिज हुँदैछ । प्रमोसनकै क्रममा यो फिल्मको टिम आफ्ना स्टारकास्ट सहित राजधानी दिल्लीमा छ । यसमा आश्चर्य मान्नुपर्ने त अर्को विषय छ, यो फिल्मको प्रमोसनका लागि बलिउड अभिनेता आमिर खानसमेत दिल्ली पुगेका छन् ।

आइतबार ‘आरआरआर’का मुख्य अभिनेता राम चरण, जुनियर एनटीआर, आलिया भट्ट, निर्देशक एसएस राजमौली फिल्मको प्रमोसनका लागि दिल्लीको कनोट प्यालेस पुगेका थिए । त्यसबेला आमिर पनि फिल्मका स्टारकास्टको सपोर्ट गरिरहेको अवस्थामा देखिए ।

आमिरले त्यसबेला ‘आरआरआर’का कलाकारहरुसँगै ‘नाटो नाटो’ गीतमा डान्स समेत गर्ने कोशिश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?