+
+

लण्डन कसरी बन्यो रुसी अर्बपतिहरुको केन्द्र ?

बीबीसी वर्ल्ड न्यूज बीबीसी वर्ल्ड न्यूज
२०७८ चैत ८ गते १०:०४

८ चैत, काठमाडौं । सेन्ट्रल लण्डनको बेलग्रेविया इलाकाको केन्द्रमा एक स्थान छ जसलाई केही व्यक्तिहरु ‘रेड स्क्वायर’को नामबाट चिन्दछन् ।

इटन स्क्वायरमा पाँच तले भवन छ, जसमा टेनिस कोर्टका साथै निजी बगैंचा छ तर यो मस्कोको प्रसिद्ध रेड स्क्वायरको अगाडि केही पनि होइन । यद्यपि यी दुवै स्थानको खास विशेषता छ, यहाँ धेरै संख्यामा रुसी नागरिक बस्दछन् ।

बिगत एक दशकभन्दा अगाडिदेखि रुसी नागरिकले इटन स्क्वायरसहितका भीआईपीक्षेत्रमा लाखौं डलरको सम्पति खरिद गरेका छन् । विश्वको सबैभन्दा भीआईपी क्षेत्रमध्ये एक बेलग्राभिया मार्च महिनाको मध्यतिर ब्रिटेनमा रुसी मुद्राविरुद्ध लण्डनमा भएको विरोधको केन्द्र बनेको थियो । प्रदर्शनकारीको एक समूहले बेलग्रेभ स्क्वायरको पाँच नम्बर भवनमा कब्जा गरेका थिए ।

दसौं मिलियन डलरको यो सम्पति, ओलेग देरिपस्काको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जोडिएका उनी ओलिगार्क भन्ने स्थानका हुन् । यो सम्पती ब्रिटिश सरकारबाट मन्जुरी प्राप्त थियो ।

यसै आलिसान भवनको झ्यालबाट एक प्रदर्शनकारीले पत्रकारहरुलाई भनेका थिए, ‘रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएर युक्रेनबाट आएका शरणार्थीहरुलाई यहाँ शरण दिनुपर्छ भनेर यो भवन कब्जा गरिएको हो । यो सम्पती युक्रेनी शरणार्थीहरुलाई दिनुपर्छ भन्ने हाम्रो माग छ । यी व्यक्ति (देरिपस्का)ले युद्धलाई समर्थन गरेका छन् ।’

यस समूहले उक्त भवन निकै आलिशान रहेको बताएको छ । यसमा २०० वटा कोठा छन्, सिनेमा हलदेखि आर्ट पिस छन् । यहाँ यति धेरै कुराहरु छन् कि यी सबै चिज कुनै सामान्य व्यक्तिलाई कहिल्यै आवश्यक पनि पर्दैनहोला ।

ब्रिटेनको कानूनी प्रणाली थियो वास्तविक कारण 

भ्रष्टाचार विरोधी संगठन ट्रान्सपरेन्सी इन्टरनेशनलले ब्रिटेनको सम्पतीमा रुसी नागरिकहरुसँग सम्बन्धित सम्पती कमसेकम १.५ बिलियन पाउण्ड -२ बिलियन डलर) बराबरको रहेको जनाएको छ । उनीहरुको सम्पतीको स्रोत के हो भन्ने कुरा स्पष्ट भएको छैन । साथै यी सम्पती रुससँग सम्बन्धित रहेको बताइन्छ ।

रुसी अर्बपतीहरुले लण्डनमा केबल भवनहरु मात्र किनेका छैनन् बरु प्रिमियर लिग फुटबल क्लबहरु जस्तै चेल्सी, स्कटल्याण्डमा ठूला वस्ती र यहाँसम्म कि इभिनिङ स्ट्याण्डर्ड जस्ता मिडिया आउटलेट पनि किनेका छन् ।

‘लण्डनग्राण्ड : फ्रम रसिया विद क्यास, द इनसाइड स्टोरी अफ द ओलीगार्क्स’का लेखक मार्क होलिंग्सवर्थका अनुसार यी सबको सुरुवात सन् १९९० को दशकको अन्त्यमा भएको थियो । होलिंग्सवर्थले बीबीसीसँग भनेका छन्, ‘निजीकरणसँगै अथाह पैसा कमाएपछि केही ओलीगार्क जस्ता मिखाइल खोदोरकोभ्स्की आफ्नो पैसा रुसबाट निकाल्न चाहन्थे किनभने उनीहरुलाई दुःख पाउने डर थियो । त्यसैले उनीहरुले त्यसलाई विदेशी कम्पनीहरु, विदेशी ट्रष्टमा स्थानान्तरण गर्न सुरु गरे । यसरी उनीहरु लण्डनमा पुगे । उनीहरुले यहाँ सम्पती खरिद गरे, लगानी गरे र बैंक ब्यालेन्स गरे ।’

भ्लादिमिर पुटिन र ओलेग देरिपस्का ।

जानकारी अनुसार रुसी ओलीगार्कको आगमन दुई पटक ठूलो संख्यामा भयो । पहिलोपटक सन् १९९० मा जब बोरिस यल्तसिनको सरकारको पालामा ठूलो सरकारी सम्पतीवाला कम्पनीहरु मुनाफाको सट्टा केही चलेका व्यवसाय कम मूल्यमा खरिद गरेका थिए । जब दोस्रो पटक भ्लादिमिर पुटिनको सम्पर्कमार्फत् लगानी बढाइएको थियो ।

२००० को दशकको सुरुवातमा ओलिगार्कलाई पुटिन नेतृत्वको सरकारबाट दुःख पाउने डर थियो । यी खोदोरकोभ्स्की जस्ता व्यक्ति थिए । उनी रुसका सबैभन्दा धनी व्यक्ति थिए । फोर्ब्स पत्रिकाका अनुसार उनी विश्वकै धनाड्यको रुपमा परिचित थिए ।

तर सन् १९९० को दशकमा कर छली सम्बन्धी प्रकरणमा उनी मुछिए । त्यसपछि उनको शक्ति क्षीण भयो । करिब एक दशक जेलमा बिताएपछि खोदोरकोभ्स्की निर्वासनमा गए । उनले आफू पुटिन नेतृत्वमा काम गर्ने भ्रष्ट अधिकारीहरु, जो उनको व्यापारिक साम्राज्यलाई सीमित गराउन चाहन्थे, को शिकार भएको बताउँछन् ।

मार्क होलिंग्सवर्थका अनुसार राजनीतिक उत्पीडनबाट जोगिनका लागि ओलिगार्क लण्डनमा बस्न थाले । उनले पैसा राख्नका लागि सबैभन्दा सुरक्षित स्थानको रुपमा लिए । यदि रुसी अधिकारीहरुले उनलाई सुपुर्दगी गर्न अनुरोध गरे पनि ब्रिटेनले फिर्ता पठाउँदैन भन्ने कुरा उनका वकिलहरुलाई थाहा थियो ।

एक खोजी पत्रकारले भनेका छन्, ‘मलाई लाग्छ कि यो देशमा लगानी गर्न ब्रिटेनको कानुनी व्यवस्थाले नै प्रेरित गरेको थियो ।’

ती दिनहरुमा लण्डनमा पहिलेदेखि नै धेरै वकिल, रियल स्टेट एजेण्ट, सल्लाहकार र अकाउन्टेन्ट थिए, जसले लण्डनमा आफ्नो पैसा स्थानान्तरण गर्न लुकाउनका लागि ओलिगार्कसँग सहयोग मागेका थिए ।

सन् २००३ मा रोमन अब्रोमोभिचले चेल्सी फुटबल क्लब किने, जसले ब्रिटेनका धेरै व्यक्तिहरुको ध्यान तानेको थियो । ओलिगार्क को हो, उनीसँग पैसा कहाँबाट आउँछ भनेर धेरै जनाले आश्चर्य मान्थे ।

लगानीको पुरानो विरासत

लण्डन विश्वविद्यालयमा कानुनका प्रोफेसर कोजो कोरम लण्डनमा विदेशी ‘डर्टी मनी’ आउने सिलसिला पुरानै रहेको तर्क गर्दछन् । यसै वर्षको जनवरीमा कोरामले आफ्नो पुस्तक अनकमन वेल्थ : ब्रिटेन एण्ड द आफ्टरम्याथ अफ एम्पायर’ प्रकाशित गरे । सो पुस्तकमा उनले कसरी ब्रिटेनको शाही विरासतले उसको कानुनी र वित्तीय प्रणालीलाई प्रभावित गर्यो भन्ने कुरा लेखेका छन् ।

उनले बीबीसीसँग भनेका छन्, ‘लण्डनले रुसीलाई मात्र होइन, बरु साउदी अरब, नाइजेरिय ओलिगार्क र चिनियाँ अर्बपतिका लागि पनि ढोका खोलेको छ । यी सबैले लण्डनलाई लगानीका लागि उपयुक्त स्थानको रुपमा उपयोग गर्दछन् । ब्रिटिश साम्राज्यको पतनपछि यो शहरलाई जसरी फेरि स्थापित गरियो, त्यसमा यसले अहम् भूमिका खेल्यो । ब्रिटिश ओभरसिज टेरिटरिज, क्यामेन आइल्याण्ड, ब्रिटिश भर्जिन आइल्याण्ड र बरमुडा ठूला कारण हुन् । ती क्षेत्र हाल विश्वका तीन सबैभन्दा ट्याक्स हेभन हुन् ।’

गोल्ड भिसाको विवादित स्किम

धेरै ओलीगार्क हालै ब्रिटेन आए । गोल्डेन भिसा प्रणालीले ब्रिटेन आउन सजिलो बनाइदियो । यस प्रणालीलाई बि्रटेश सरकारले यसै वर्षको फेब्रुअरीमा बन्द गर्नु पर्यो । किनभने यसलाई लिएर ब्रिटेन सरकारमाथि घरेलु र अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको थियो ।

सन् २००८ मा ब्रिटिश सरकारले टियर-१ भिसा योजना ल्यायो र यसको माध्यमबाट विश्वभरका हजारौं अर्बपतिहरुका लागि आधिकारिक रुपमा देशको ढोका खुला भयो । यो भिसा ती उद्यमीहरुलाई दिइएको थियो, जसले १० लाख पाउण्डसम्म लगानी गरेका थिए । सन् २०१४ मा यो रकमलाई बढाएर २० लाख पाउण्ड बनाइएको थियो । यस कार्यक्रम अनुसार यसप्रकारका भिसा वाहकलाई ब्रिटेनले आफ्ना परिवारका सदस्यका साथ स्थानीय निवासका लागि आवेदन दिन पाउने अनुमति दिएको थियो । लगानी गरेको रकम अनुसारको भिसा उनीहरुले पाउँदथे ।

अन्य युरोपेली देशहरु जस्तै स्पेन, पोर्चुगल र ग्रिसले पनि कम लगानीका साथ यस्तै प्रकारको योजना ल्याएका छन् । तर युक्रेनमा रुसीे आक्रमणलाई मध्यनजर गरी स्पेन, पोर्चुगल र गि्रसले रुसी नागरिकहरुलाई गोल्डेन भिसा जारी गर्न बन्द गरेका छन् ।

युके होम्स अफिसको तथ्यांक अनुसार कार्यक्रम सुरु भएपछि २५८१ रुसी नागरिकहरुका लागि लगानी भिसा जारी गरिएको छ ।

दिल खोलेर स्वागत

देश रुसी हस्तक्षेपको दुई वर्षसम्मको जाँचपछि ब्रिटिश संसदको गुप्तचर कमिटीले २०२०मा एक रिपोर्ट प्रकाशित गरेको थियो । त्यसबाट ब्रिटेनमा रुसको असर अब न्यू नर्मल भएको पुष्टि भएको थियो ।

रिपोर्टमा भनिएको थियो, ब्रिटेनमा एकपछि अर्को गरी आएका सरकारहरुले रुसी ओलीगार्क र उनीहरुको पैसालाई खुला दिलले स्वागत गरे । पुटिन निकट रहेका केही यस्ता रुसी नागरिकहरु छन् जो खासगरी लण्डनग्रादमा व्यापार, राजनीति र सामाजिक जीवनमा मज्जाले जोडिए ।

ब्रिटिश संसदको विदेश मामिला कमिटीको तर्फबाट दुई वर्ष अघि प्रकाशित एक अर्को रिपोर्ट अनुसार रुसमार्फत् आउने रकम यहाँ कालो धन हो । तर ब्रिटिश सरकारले त्यसमा आँखा चिम्लिरह्यो । होलिंग्सवर्थ पनि ब्रिटिश सरकारले यो समस्यालाई नजर अन्दाज गरेको कुरा मान्दछन् ।

लण्डन युनिभर्सिटीका कोरमका अनुसार सरकारले यसलाई लामो समयसम्म बेवास्ता गरिरह्यो किनभने यसले लण्डनलाई लामो समयसम्म वित्तीय रुपमा फाइदा भयो । उनी भन्छन्, ‘ब्रिटेन विशाल आर्थिक र कानुनी केन्द्र हो । त्यसैले यहाँबाट प्रशस्त रकम पूरै देश र देश बाहिरका क्षेत्रमा पनि पुग्छ । तर आम ब्रिटिश नागरिकको सवालमा भने त्यस्तो छैन ।’

लण्डनग्राद अन्त्य होला ?

ब्रिटेनको तर्फबाट एक हजार रुसी नागरिक, कम्पनी र अन्य कारोबारी संगठनलाई प्रतिबन्ध लगाएको छ । यसमा ५० भन्दा बढी ओलीगार्क र उनका परिवारसमेत छन् । यिनीहरुको कूल सम्पती १०० अर्ब पाउण्ड रहेको अनुमान छ । यसपछि मानिसहरुलाई लण्डनग्राद अब अन्त्य हुनसक्छ भन्ने लागेको छ ।

जसमाथि प्रतिबन्ध लगाइएको छ, त्यसमा चेल्सी एफबीका मालिक रोमन अब्रामोभिच, ओलीगार्क ओलेग देरिपस्का र रुसी बैंक भिटीबीका अध्यक्ष आन्द्रे कास्तिन लगायत छन् । ब्रिटेनमा उनीहरुको सम्पत्ती रोक्का गरिएको छ ।

ब्रिटिश सरकारका अनुसार यी व्यक्तिहरुको कारोबारको साम्राज्य, सम्पती र सम्पर्क रुससँग जोडिएको छ । अद्यपि अब्रामोभिचले यसलाई इन्कार गरेका छन् ।

होलिंग्सवर्थका अनुसार धेरैजसो ओलीगार्क लण्डनमा कहिल्यै रहेनन् तर उनीहरुको सम्पत्ती र पैसा यहाँ छ । उनीहरुले यहाँ केही समय बिताएका छन् । आफ्ना बच्चालाई पढाएका छन् । तर अब लगाइएको प्रतिबन्ध लण्डनग्राद अन्त्यको निशानी हो । ओलीगार्क र पुटिनको समर्थन गरिरहेका रुसी कारोबारीहरुको विरोध बढ्दै गएको छ । अब उनीहरुलाई लागेको छ, यहाँबाट भाग्नुपर्छ र आफ्नो पैसा अन्त कतै लुकाउनुपर्छ ।’

कोजो कोरम रुसी ओलीगार्कमाथि लगाम लगाउन सरकार अझै अगाडि बढ्नुपर्छ भन्ने ठान्छन् । उनी भनछन्, ‘परिवर्तन वास्तविक हुनुपर्छ । कानुनी बदलावले मात्र हुँदैन । त्यो राजनीतिक रुपमा पनि परिवर्तन हुनुपर्छ जसले विदेशी पैसालाई निम्तो दिन्छ । यसका साथै ब्रिटेनको ओभरसिज टेरेटरिजको बारेमा आफ्नो दृष्टिकोण पनि बदल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?