+
+

विश्वविद्यालय शिक्षासम्बन्धी कानुन बन्न ढिला भयो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १४:०७

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन अहिलेसम्म बन्न नसक्नु दुखद भएको बताएका छन् ।

बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले छिट्टै उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताएका हुन् ।

‘शिक्षाका बारेमा संविधानमा त्यत्रा कुराहरु बोलेका छौँ । संविधानमै हामीले प्रदेश सरकारलाई जिम्मेवारी दिएका छौँ । उच्च शिक्षाका कुराहरुमा पनि साझेदारीका कुराहरु गरेका छौँ । तर यत्रो ठूलो परिवर्तन पछाडि चाहिं हामी विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने कुराको सन्दर्भमा मूल विषयमा प्रवेश गर्न चाहेनौं’ उनले भने ।

महामन्त्री थापाले ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के–के हुने भन्ने विषयमा छलफल हुनुपर्ने बताए ।

उनले नेपालको उच्च शिक्षालाई कतातर्फ लैजाने भन्ने विषयमा मुलुकको जेठो विश्वविद्यालय हुनुका नाताले त्रिभुवन विश्वविद्यालयले नै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

‘नेपालको विश्वविद्यालय शिक्षा कतातिर लिएर जाने ? विश्वविद्यालय प्रशासन कसरी सञ्चालन गर्ने ? यस्ता विषयहरुलाई अब नपन्छाएर हामी यसमा काम गर्न तयार छौं । सबै राजनीतिक दललाई एक ठाउँमा ल्याएर काम गर्न तयार छौं । …तर यसको लिडरसिप धेरै हदसम्म त्रिभुवन विश्वविद्यालयकै टिमले लिनुपर्ने हुन्छ’ उनले भने ।

महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । विश्वविद्यालयमा जिम्मेवारीमा रहने व्यक्तिले राजनीतिक पूर्वाग्रह राखेर काम गर्न नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?