+
+

नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १४:४९

काठमाडौं । नेपालका लागि टीभीएस टु–ह्विलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत गाडी किने पनि नकिने पनि टीभीएस नेपालको सोसल मिडियामा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडी किन्नु अगाडि tvsnepal.com/newyear मा दर्ता गरेर ५० हजार रुपैयाँसम्म जित्न पाउने र नेपाल भर टीभीएसको कुनै पनि बिक्रेताबाट टीभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख रुपैयाँसम्मको छुट पाउनेछन् ।

गाडी किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले एपाची आरआर३१० जित्ने मौका पाउने कम्पनीको भनाइ छ । साथै हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत एवं एक्सचेन्जमा मासिक रकम ५ हजार ९९९ तिरेर टीभीएस चढेर जान पाउनेछन् ।

नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको सीईओ दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकहरूले रुचाएको र अहिले टीभीएसको बजारमा माग बढेको हुनाले खुसी व्यक्त गर्दै यस नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर टीभीएसले बिक्रीलाई नयाँ उचाइमा पुराउने बताए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?