+
+

चिनियाँ विदेशमन्त्री भारत भ्रमण रद्द गरेर अफगानिस्तानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ११:५६

१० चैत, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ् यी भारत भ्रमण रद्द गरेर अफगानिस्तानको काबुल पुगेका छन् । उनी पाकिस्तानको इस्लामावादबाट अफगानिस्तान प्रस्थान गरेका हुन् ।

काबुलबाट वाङ् शुक्रबार नेपाल आउने छन् । यसअघि वाङ् यीले भारतको पनि भ्रमण गर्ने तय थियो । तर पछिल्लो समय जम्मु कश्मिरका बारेमा चीनले गरेको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया दिएपछि वाङ भारत भ्रमणमा जान अनिच्छुक भएका थिए ।

भारतले जम्मु कश्मिरसँग जोडिएको मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यस बारेमा नबोल्न चीनसहितका देशलाई चेतावनी दिएको थियो । त्यसैकारण वाङ भारत नआइ काबुल गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लद्दाख आसपासका क्षेत्रमा भारत र चीनबिच सीमा विवाद पनि छ । वाङ्को भारत भ्रमणका बेलामा यो सीमा विवादबारे पनि छलफल गर्ने तय थियो । भारत र चीनबिच यो सीमा विवाद समाधानका लागि पटक–पटक वार्ता भए पनि कुनै सहमति भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?