+
+

चितवनको टाँडीमा सानिमा बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १८:३२

काठमाडौं । सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा नयाँ शाखा विस्तार गरेको छ ।नयाँ शाखा कार्यालयको उद्घाटन बिहीबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) एवं सानिमा बैंकका सञ्चालक डा. केशवप्रसाद आचार्यले संयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममा मह जोडीले यस क्षेत्रमा विस्तार भएको बैंकको नयाँ शाखा विश्वसनीय बंैकको रुपमा स्थापित बन्न सफल हुने धारणा राखे ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र व्यवसायिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सानिमा बैंकका सञ्चालक डा. आचार्यले बंैकका ग्राहक एवं सरोकारवालाहरुलाई निरन्तर सहयोगका लागि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?