+
+

काठमाडौं घोषणापत्र जारी गर्दै एनआरएनएको विश्व सम्मेलन सकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १३:१७

११ चैत्, काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वि सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ ।

गत मंगलबारदेखि काठमाडौंमा सुरु भएको सम्मेलनले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन समेत गरेको थियो ।

सम्मेलनले संघको विधान र केही कार्यविधिलाई समेटेर तयार पारिएको संघको वर्तमान विधानमा अति आवश्यक भएका संशोधन गरी घोषणा पत्र जारी गरेको प्रवक्ता कृष्ण केसीले बताएका छन् ।

संघका पूर्वअध्यक्ष तथा संरक्षण शेष घलेको सक्रियतामा भएको यो सम्मेलनलाई एनआरएनएको अर्को पक्षधरले भने नमान्ने भन्दै छुट्टै सम्मेलन गर्दैछ ।

के-के भए निर्णय ?

१. गैरआवासीय नेपाली संघको विधान २००३ को संसोधित २०२१ मा भएको सबैभन्दा विवादित दफा महाधिवेशन प्रतिनिधि छनोट सम्बन्धी व्यवस्था (६५, २५, १०) लाई निलम्बन गर्ने ।

२. अब २०२३ देखि महाधिवेशन प्रतिनिधि हुनको लागि संघको सदस्यता कम्तीमा एक पटक नवीकरण गरेको हुनुपर्नेछ । तर महाधिवेशन प्रतिनिधि हुँदाको बखत निजको सदस्यता भ्यालिड कायम पञ्जीकृत भएको हुनुपर्ने छ। यस्ता योग्यता पुगेका सबै पञ्जीकृत सदस्यहरुलाई महाधेवेशनमा प्रतिनिधि हुन सबैलाई खुला गर्ने प्रस्ताव पारित गरियो ।

३. संघको नेतृत्व चयनका लागि उम्मेदवार हुन संघको अन्तर्राष्ट्रिय परिषद् बैठकले पारित गरेको वर्तमान मनोनयन दर्ता शुल्कलाई आधा (काम) गर्ने प्रस्ताव पारित गरियो। त्यो प्रस्ताव यसै १० औं महाधिवेशनको लागि पनि लागू हुनेछ ।

४. अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा महिलाहरुको संख्या २०२३ मा २५ प्रतिशित र २०२९ सम्ममा ५० प्रतिशित गर्नुपर्ने प्रस्ताव पारित गरियो ।

५. गैरआवासीय नेपाली संघको हाल भएका ६ वटा क्षेत्रलाई मध्येपूर्व र अफ्रिकालाई जोडेर एउटा बनाउने र अरु यथावत राख्दै जम्मा ५ क्षेत्र हुने पस्ताव पारित गरियो। उपरान्तदेखि मध्येपूर्व तथा अफ्रिका क्षेत्र, एशिया क्षेत्र, युरोप क्षेत्र, ओसियानिया क्षेत्र र द अमेरिकाज क्षेत्र मात्र रहने छन् ।

६. अब ११ औं महाधिवेशनदेखि हरेक क्षेत्रबाट रोटेसन सिस्टमका आधारमा केन्द्रीय अध्यक्ष पदमा चयन हुन पाउने प्रस्ताव पारित गरियो ।

७. गैरआवासीय नेपाली संघको यसपूर्व गरिएको अनलाई भोटिङ व्यवस्थालाई निलम्बन गर्ने प्रस्ताव पारित गरियो । अब प्रतिनिधिहरु स्वयं उपस्थित भएर भोटिङ गर्नुपर्नेछ । यो व्यवस्था यसै

१० औं महाधिवेशनदेखि नै लागू हुनेछ ।

८. गैरआवासीय नेपाली नागरिकता ऐन नेपालको संसदबाट पास गर्न नागरिकता ऐनमा सबैखाले नेपाली नागरिकतासँग जोडेर पठाउँदा संसदबाट पारित हुन ढिला भएको अवस्था पाइयो । यसर्थ नेपाल सरकारबाट गैरआवासीय नेपाली नागरिकताको पाटोलाई मात्र छुट्टै ऐन बनाएर पारित गर्न पहल गरिनेछ ।

९. यो सम्मेलन विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपालको निर्वाचनमा भागलिन पाउनको लागि भएको संवैधानिक सुनिश्चितालाई तुरुन्त व्यवस्था गर्न अनुरोध गर्दछ।

१०. कोरोनाको महामारी, युक्रेन र रसिया युद्ध, अफगानिस्थानको जस्ता मानवीय संकट हुँदा सम्पर्क गर्न कठिन भयो । अब नेपाल सरकारले नेपाली राजदुतावास र कन्सुलर अफिस मार्फत हरेक देशमा रहेका नेपालीहरुको नाम र सम्पर्कको रेकर्ड राख्न सुरु गरोस भन्ने माग गर्दछ ।

११. यो १० औं महाधिएशनमा गैरआवासीय नेपाली संघको करिव ८०/८१ देशमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरु मध्ये ६४ देशमा मात्र अधिवेशन हुन सक्यो। अब ति रोकिएका एनसीसीहरुको उपादेयताको अध्ययन गरि त्यसपछि उनीहरु र क्षेत्रका अन्य एनसीसीहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै उनीहरुको क्षमता वृद्धि गर्दै आगामी विश्व सम्मेलन सम्ममा ७० भन्दा धेरै देशले अधिवेशन सम्पन्न गरिने प्रतिबद्धता जाहेर गर्दछ ।

१२. वैदेशिक रोजगारमा रहेका नेपालीहरुको सुरक्षा, सेवा, सुविधा, उद्दार, व्यासायिक विकास र स्तर उन्नतिका लागि विभिन्न साना ठूला एजेन्सीहरुसँग साझेदारी सम्झौता तथा विकास गर्दै बढी भन्दा बढी स्रोतहरु जुटाएर काम गर्न पहल गरिनेछ। यस्ता स्रोतहरुप्रति उत्तरदायी भएर, पारदर्शी रुपमा परिचालन गर्दै आपसी विश्वासनिया रुपमा कार्य गरिने प्रतिबद्धता जाहेर गर्दछ।

१३. यो महाधिवेशनमा सहयोग पुर्‍याउनुहुने नेपाल सरकार तथा सम्पूर्ण स्पन्सरहरुलाई धन्यावाद ज्ञापन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?