+

‘उपचार गरे निको हुन्छ क्षयरोग’

२०७८ चैत  ११ गते १६:२६ २०७८ चैत ११ गते १६:२६
Shares
‘उपचार गरे निको हुन्छ क्षयरोग’

बलेवा । बागलुङ बजारमा बस्ने अन्दाजी १६-१७ वर्षका एक युवा एक विद्यालयमा पढ्छन् ।  उनी क्षयरोगका बिरामी हुन् । लक्षण देखिएपछि उनको परिवारले उपचारको खोजी गर्‍यो । नजिकैको धौलागिरि अस्पतालमा क्षयरोगका बिरामीको लागि प्रत्यक्ष निगरानीमा निःशुल्क उपचार गर्ने व्यवस्था छ । तर ती युवा सरकारले उपलव्ध गराएको निःशुल्क उपचार र औषधि छोडेर निजी स्वास्थ्य संस्थाबाट सेवन गर्दै आएका छन् ।

हाल उनको उपचार पोखराको एउटा निजी अस्पतालमा भइरहेको छ । ६ महिना नियमित खाने औषधि उनले सरकारी स्वास्थ्य संस्थाभन्दा बाहिरबाट लिन्छन् र आफ्नै तरिकाले अस्पताल आउजाउ गर्छन् ।

उनीजस्तै बजारका अरु पनि क्षयरोगको उपचारका लागि जिल्ला बाहिरका निजी अस्पतालमा पुग्ने गरेका छन् । क्षयरोगको संक्रमणपछि जिल्ला बाहिर बिरामीले उपचार गर्दैछन् भन्ने तथ्यांक भने यहाँका सरकारी निकायसँग छैन । सदरमुकाममा रहेको सरकारी अस्पताल र गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा उपचार सेवा हुँदाहुँदै बाहिरी जिल्लामा बिरामी उपचारका लागि पुग्नुको मुख्य कारण सामाजिक बहिष्करण, लान्छना र दुव्र्यवहार हो ।

‘बिरामीमा लक्षण हुन्छ, क्षयरोग लागेको पत्ता पनि लाग्छ तर नियमित औषधि सेवन गर्दा रोग लागेको थाहा लाग्दा समाजले गर्ने व्यवहारका कारण उनीहरु रोग गोप्य राख्छन्,’ बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल भन्छन्, ‘कम उमेरका युवायुवती र सम्पन्न परिवारका वयस्क पनि उपचारका लागि अन्यत्र जाने गरेका छन् ।

क्षयरोगको संक्रमणपछि निजी अस्पताल तथा स्वास्थ्य संस्थामा भएपनि उपचार गराउनेभन्दा रोगको पहिचान गर्दा सामाजिक लान्छना आउँछ कि भनेर तर्सिने कारण बागलुङमा क्षयरोग फैलिएको उनको भनाइ छ । समाजलाई सचेत बनाउने र क्षयरोगका लक्षण देखिएकालाई उपचारमा ल्याउने वातवरण बनाउनुपर्ने खनाल बताउँछन् ।

‘गाउँभन्दा सहरमा रोग लुकाउने समस्या बढी छ । यो क्षयरोग नियन्त्रणमा चुनौती बनेको छ,’ स्वास्थ्य शाखाका उपप्रमुख डिल्ली आचार्यले भने, ‘एक जना संक्रमितले १० जनालाई रोग सार्न सक्छ, हामी सचेत बनौं, क्षयरोगीलाई सामाजिक दुव्र्यवहार होइन उपचार गरौं ।’

बागलुङ नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि सदरमुकाममा धौलागिरि अस्पतालको सेवा क्षेत्रबाहेकका १० वटै वडामा क्षयरोग परीक्षण गर्ने गरेको छ । बागलुङमा ९७ क्षयरोगी पत्ता लागेका छन् । गत वर्ष १६६ र त्योभन्दा अघिल्लो वर्ष १४६ क्षयरोगी भएको पत्ता लागेको तथ्यांक छ । अहिले औषधि प्रयोग गरिरहेकामध्ये सबैभन्दा धेरै बडिगाड गाउँपालिकाका ४७ बिरामी छन् भने बागलुङ नगरपालिकामा क्षयरोगका नौ बिरामी रहेका छन् ।

क्षयरोग भएकाले रोग लुकाउने गरेका कारण नियन्त्रणमा समस्या भइरहेको बागलुङका क्षयरोग तथा कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । क्षयरोग भएका व्यक्तिले दुई हप्ता लगातार औषधि प्रयोग गरेपछि अरुलाई सर्दैन भने ६ महिना निरन्तर औषधि सेवन गरे रोग निको हुन्छ ।

क्षयरोग बागलुङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मनसुनमा बालबालिकाको हेरचाह कसरी गर्ने ? ध्यान दिनुपर्ने ६ कुरा

मनसुनमा बालबालिकाको हेरचाह कसरी गर्ने ? ध्यान दिनुपर्ने ६ कुरा

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ