+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारतीय कम्पनीले दिए नेपालमा इन्टरनेट ब्यान्डविथ रोक्ने चेतावनी !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते २१:२०

११ चैत, काठमाडौं । नेपालमा इन्टरनेट ब्यान्डविथ बेच्दै आएका भारत टाटा र एयरटेल कम्पनीबाट आपूर्ति रोक्न सक्ने चेतावनी आएको इन्टरनेट सेवा प्रदायकहरुले दावी गरेका छन् । ५ महिनादेखि ब्यान्डविथ आयात गरेबापतको शुल्क नतिरेपछि भारतीय विक्रेता कम्पनीबाट चेतावनीयुक्त पत्र आउन थालेको इन्टरनेट नेटवर्क सेवा प्रदायकहरुको भनाइ छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार सरकारले विदेशी मुद्रा सटही सुविधाका लागि सिफारिस नदिंदा ब्यान्डविथ बापतको शुल्क तिर्न सकिएको छैन । ‘सेवा प्रदायक कम्पनीहरुलाई अब पनि पैसा नतिरे सेवा रोक्ने चेतावनी आइरहेको छ,’ उनी भन्छन्,’सरकारले छिटो सिफारिस नदिए समस्या पर्नसक्छ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/७५मा सेवा प्रदायकबाट उठाउनुपर्ने गरी औंल्याएको बेरुजु रकम नतिरेसम्म विदेशी मुद्रा सटहीको सिफारिस नदिने बताउँदै आएको उनले बताए । ५ महिनादेखि सिफारिस रोकिएपछि मासिक ५० करोडसम्म भारतमा पठाउन रोकिएको छ ।

‘कम्पनीहरुले करिब दुई-साढे २ अर्ब रुपैयाँ भुक्तानी पठाउन सकेका छैनन्,’ अध्यक्ष पराजुली भन्छन्,’ महालेखाले तिर्नुपर्ने भनेको बेरुजुलाई कटौती गर्ने गरी संसदको प्रविधि तथा विकास समितिबाट निर्देशन भइसकेको अवस्थामा इन्टरनेटको भुक्तानी रोकेर राख्नु उचित हुन्न ।’ इन्टरनेटको मर्मत शुल्कबापत कमाएको पैसामा रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्क नतिरेपछि महालेखाले बेरुजु औंल्याएको थियो ।

नेपालमा प्रायः इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेल र टाटाबाट इन्टरनेट ब्यान्डविथ किन्छन् । लामो सयमसम्म ठूलो रकम नेपालमै रोकिएपछि  भारतीय कम्पनीहरुले छिटो शुल्क भुक्तानीका लागि दबाव बढाएका हुन् ।

तर, मन्त्रालय भने बेरुजु रकम दाखिला नगरेसम्म सिफारिस नदिने पक्षमा अडिग छ । मन्त्रालयका एक अधिकारी बेरुजु भुक्तानी नभएसम्म कुनै पनि सहजीकरणको काम नहुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?