+
+

भ्यूटावर उद्घाटन गर्दै प्रचण्डले भने – रोल्पाले ध्वंशमा मात्र होइन, निर्माणमा पनि रेकर्ड राख्नसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १४:३१

१४ चैत, रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले ध्वंशमा मात्र होइन, निर्माणमा पनि कीर्तिमान (रेकर्ड) कायम गर्न सक्ने बताएका छन् ।

सोमबार रोल्पा नगरपालिकामा बनेको भ्यूटावर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र विद्रोहका क्रममा आफूले आधार इलाकाहरुमा बिताएको समय सम्झिए । सशस्त्र विद्रोहको पछिल्लो २ वर्ष आफूले रोल्पा रुकुममा बिताएको र १२ बुँदे समझदारी गर्न रोल्पाबाटै गएको प्रचण्डले उल्लेख गरे ।

अहिले रोल्पामा विकासका काम भइरहेको भन्दै उनले भने, ‘रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्छ ।’ युद्ध पर्यटनलाई प्रोत्साहन गर्ने र प्यूठानको स्वर्गद्वारीसँग जोड्न सक्ने हो भने रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्ने प्रचण्डले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?