+
+

हेलिकप्टर सट मेरो बेस्ट : डेब्यूट्यान्ट आदिल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १७:४३

१७ चैत, काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको टी–२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका मोहमद आदिल आलमले पहिलो खेलको प्रदर्शनबाट एकदमै खुसी लागेको बताएका छन् ।

आदिलले पीएनजीविरुद्ध ११ बलमा ३१ रन बनाएका थिए । त्यसक्रममा उनले एक चौका र तीन छक्का हाने ।

रोहित पौडेल आउट भएपछि १४.३ ओभरमा मैदान छिरेर दिपेन्द्र सिंह ऐरीलाई साथ दिएका थिए । उनले १४.४ ओभरको बल फेस गर्दै आफ्नो खाता खोलेका थिए ।

सुरुमा रन लिन असहज भए पनि पहिलो रन आएपछि कन्फिडेन्स बढेको उनले सुनाए । ‘राम्रो गर्ने आशा लिएर गएको थिएँ,’ आदिलले भने, ‘बल हान्ने अवस्थामै थियो । मिल्यो र हानें ।’

खेलमा तीन छक्का हानेका उनले भने ‘हेलिकप्टर सट वाला सिक्स मेरो बेस्ट हो ।’

आफूले धेरै मिहेनत गरेको भन्दै उनले अन्तर्राष्ट्रिय लेभलमा यति चाँडै आउछु भनेर नसोचेको बताए । भने, ‘चाँडै भयो जस्तो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?