१७ चैत, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
यसअघि १६७औं स्थानमा रहेको नेपाल बिहीबार जारी नयाँ वरीयता अनुसार १६८ औं स्थानमा झरेको छ ।
नेपालले पछिल्लो मैत्रीपूर्ण खेलमा थाइल्याण्ड विरुद्ध २-० को हार बेहोरेको थियो ।
दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल भन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १०६ औं र माल्दिभ्स १५६ औं स्थानमा छ ।
नेपाल भन्दा पछि भुटान १८७औं, बंगलादेश १८८ औं, पाकिस्तान १९७औं र श्रीलंका २०५औं स्थानमा छ ।
नयाँ वरीयता अनुसार ब्राजिल शीर्ष स्थानमा उक्लँदा बेल्जियम दोस्रो स्थानमा झरेको छ ।
यस्तै फ्रान्स तेस्रोमा, अर्जेन्टिना चौथोमा, इंग्लयाण्ड पाँचौमा, इटाली छैटौंमा, स्पेन सातौंमा, पोर्चुगल आठौंमा, मेक्सिको नवौंमा र नेदरल्यान्ड्स दशौं स्थानमा छन् ।
प्रतिक्रिया 4