+

वाटफोर्डलाई हराएर लिभरपुल शीर्ष स्थानमा

२०७८ चैत  २० गते ७:२७ २०७८ चैत २० गते ७:२७
वाटफोर्डलाई हराएर लिभरपुल शीर्ष स्थानमा

२० चैत, काठमाडौं । वाटफोर्डलाई पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार भएको खेलमा वाटफोर्डलाई २-० ले पराजित गर्दै लिभरपुलले म्यानचेष्टर सिटीलाई अंक तालिकामा पछि पारेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि डिएगो जोटाले २२औं र फाबिन्होले ८९औं मिनेटमा गोल गरे ।

जनवरीमा सिटी भन्दा १४ अंकले पछि रहेको लिभरपुलले त्यसपछि लगातार १० खेल जितेर सिटीलाई २ अंकले पछि पारिसकेको छ ।

लिभरपुलको ३० खेलबाट ७२ अंक छ । सिटी २९ खेलबाट ७० अंकसहित दोस्रो स्थानमा छ ।

सिटीलाई बर्नलीसँगको खेलबाट शीर्ष स्थानमा फर्कने मौका छ ।

प्रिमियर लिग लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय