+
+

प्राक्टिकल एक्सनको सहकार्यमा एनएमबि बैंकले बाँड्यो ५२ हजार थान चुल्हो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १८:१२

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्सक दक्षिण एसिया क्षेत्रिय कार्यालय काठमाडौंको रिजल्ट बेस फाइनान्सिङि परियोजना अन्तर्गत हालसम्म ५२ हजार चुल्हो वितरण गरेको छ ।

बैंकले प्राक्टिकल एक्सनसँग मिलेर उक्त परियोजनाका लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो ।

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एक्सन परियोजनासँग बैंकले सहकार्य गरेर चुल्हो वितरण गरेको हो ।

बैंकका अनुसार नुवाकोट, धादिङ, गोर्खा, रसुवा, चितवन, मकवानपुर, पर्वत, म्याग्दी, बाग्लुङ, अर्घाखाँची, गुल्मी र स्याङ्जाका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो ।

बैंकको भ्यालु बेस्ड बैंकिङको अवधारणाहरु मध्येको ‘नाफा भन्दा अघि मानिसहरुको बारेमा सोंच्ने’ सिद्धान्त अनुसार बैंकको लघुवित्त विभागले प्राक्टिकल एक्सनसँग सहकार्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?