+
+

वैवाहिक जीवनको बदलिंदो परिभाषा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १२:०७
प्रतीकात्मक तस्वीर

विवाह जिन्दगीको महत्वपूर्ण पल हो । वैवाहिक जीवनमा प्रवेश गरेपछि जिन्दगीले अर्को लय समात्छ । तर समयसँगै यसका तौरतरिका र परिभाषा पनि फेरिंदै गएका छन् । हरेक सम्बन्धमा राम्रा नराम्रा दुवै कुरा हुन्छन् । एक नाता सम्बन्धमा सही सावित भएको नियम र सिद्धान्त दोस्रो नातामा पनि उस्तै सावित हुन्छ भन्ने हुँदैन ।

समयक्रममा श्रीमान–श्रीमतीबीच पनि केही मतभिन्नता देखिन्छन् । अहिले समाजमा श्रीमान–श्रीमतीबीच मनमुटाव हुने र सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।

विवाहका सम्बन्धमा केही पुराना मान्यताको स्थानमा नयाँ मान्यताले स्थान पाउन थालेका छन् । यस्ता मान्यता सही हुन् वा गलत यसको फैसला हर दम्पतीले आफू अनुकूल गर्छन् ।

समयसँगै बदलिंदै विवाहको परिभाषा

पार्टनरको इच्छा

पुरानो परिभाषा : विवाहमा पार्टनरको इच्छालाई महत्व दिनु जरुरी हुन्छ ।

नयाँ परिभाषा : नयाँ परिभाषाले पुरानो परिभाषालाई पूर्ण रुपमा नर्कान सक्दैन । तर विवाहमा अहिलेका पुस्ता आफ्नो अस्तित्व समाप्त पार्ने गरी लाग्दैनन् । आफ्ना इच्छा र आवश्यकतालाई उनीहरु बढी ध्यान दिन्छन् । सम्बन्धमा खुसी रहन सकिएन भने विभिन्न बाधा, अड्चन र शंका–उपशंकाले जन्म लिन्छन् । जसका कारण आफ्ना इच्छा र आवश्यकताको पहिचान गर्नुपर्छ । आफ्नो खुसी नचाहनेले अरुलाई पनि खुसी राख्न सक्दैन ।

सम्बन्ध बनाउन पहल

पुरानो परिभाषा : सहवासका लागि पुरुषले अगाडि सर्नुपर्र्छ ।

नयाँ परिभाषा : अहिलेको पुस्तामा सहवासका लागि पुरुषले मात्रै पहलकदमी चाल्नुुपर्ने हुँदैन । आवश्यकता अनुसार जोसुकैले सम्बन्ध बनाउन पहल गर्न सक्छ ।

महिला पनि यस मामिलामा निकै अगाडि आइसकेका छन् । अहिलेको पुस्ता यौनलाई लिएर खुलेर बहस गर्न सक्छन् । पुरुषले महिला साथीको मन पर्ने नपर्ने चिजको ख्याल राख्छन् । पारिवारिक योजना, शारीरिक सम्बन्ध तथा अन्य कुरामा उनीहरु योजना बनाई अघि बढ्छन् । यौन जीवनलाई खुसीयाली बनाउन उनीहरु स्वास्थ्यमा ध्यान दिन्छन् ।

सुखी दाम्पत्य जीवनका लागि प्रेम मात्रै भएर पुग्दैन । एकापसमा बाँधिन तथा सम्बन्धलाई थप मजबुत बनाउन सम्बन्ध आवश्यक पर्छ ।

झगडा र दाम्पत्य जीवन

पुरानो परिभाषा : झगडाले सम्बन्धमा फाटो ल्याउँछ

नयाँ परिभाषा : झगडाले प्रेम बढाउँछ । कुनै कुरामा विवाद आए त्यसलाई आपसी समझदारीमा टुङ्ग्याउनुपर्छ । नयाँ जोडीले श्रीमान–श्रीमती हुनु भनेको सबै कुरा समान हुनु मान्दैनन् । कहिलेकाहीं स–साना कुरामा मनमुटाव हुन सक्छ । तर त्यसले सम्बन्धमा दरार उत्पन्न गर्दैन, बरु एकअर्काको भावनाको कदर गरी अगाडि बढ्छन् ।

छुट्टिन नहुने

पुरानो परिभाषा : विवाह सात जुनीको बन्धन हो । सम्बन्ध विच्छेद गर्नु हुँदैन ।

नयाँ परिभाषा : विवाह कुनै बन्धन नभई यसै जन्ममा गरिने परम्परा हो, गाँसिने नाता हो ।  जीवनमा यस्तो मोड आउँछ जहाँ श्रीमान–श्रीमती सँगै हिंड्न सक्दैनन् । सँगै बस्नै नसक्ने अवस्था आएपछि उनीहरु आ–आफ्नो बाटो लाग्छन्, त्यसै सम्बन्धलाई लिएर बस्दैनन् । केही यस्ता पनि समस्या छन्, जो छोराछोरी भएपछि अलग हुन चाहन्छन् । तर उनीहरु बालबालिकाको पालन पोषणका लागि मिलेर जिम्मेवारी निभाउँछन् ।

विवाद साम्य नहुँदा

पुरानो परिभाषा : घरको कुरा घरमै रहोस् बाहिर नजाओस् ।

नयाँ परिभाषा : दम्पतीले आपसी विवाद आफैं सुल्झाउनुपर्छ । घरको कुरा बाहिर पु¥याउनु हुँदैन । नयाँ दम्पतीले यो भनाइलाई एक सीमासम्म मात्रै अनुसरण गर्छन् । तर दुई व्यक्तिले समस्या सुल्झाउन नसक्ने अवस्था आएपछि उनीहरु तेस्रो पक्षकहाँ जान बाध्य हुन्छन् । उनीहरु घरको कुरा तेस्रो पक्षलाई भन्न हिच्किचाउँदैनन् ।

बढी महत्व कसको ?

पुरानो परिभाषा : घरमा पुरुषको महत्व बढी छ, यसलाई मान्नुपर्छ ।

नयाँ परिभाषा : विवाह दुई आत्माको मिलन हो । जहाँ दुवैका विचार, राय सल्लाह र भावनाले उत्तिकै अर्थ राख्छन् । जसका लागि  एकअर्कालाई सुन्नु र उदारतापूर्वक प्रतिक्रिया जनाउनुपर्छ । अहिलेको पुस्ताले एकअर्काको कुरा सुन्ने, स्वीकार्ने जस्ता कुरा गर्छन् ।

औपचारिकताको सीमा 

पुरानो परिभाषा : औपचारिकताको जरुरत छैन । श्रीमान-श्रीमती पे्रमी-प्रेमिका होइनन् ।

नयाँ परिभाषा : विवाहको सुरुवाती दिनमा श्रीमान-श्रीमती एकअर्काको लागि खुला किताब जस्तै हुन्छन् । जसको हरेक पाठमा रहस्य र रोमाञ्चकता भरिएको हुन्छ ।

पूरै किताब पढिसकेपछि उनीहरुलाई एकअर्कालाई पूर्ण रुपमा चिनिसकेको र बुझिसकेको आभास हुन्छ । अब औपचारिकताको जरुरी छैन जस्तो लाग्छ ।

यस्तो हुँदा उनीहरु एकअर्कालाई कुनै कुरा बताउन र भन्न उपयुक्त मान्दैनन् । यही कुराले उनीहरुको सम्बन्धमा दरार आउन सुरु हुन्छ । केही काम गर्नुभन्दा पहिले कामबारे एकअर्कालाई जानकारी दिने, गल्ती भए माफी माग्ने, बेलाबेला एकअर्काको प्रशंसा गर्ने गर्नाले सम्बन्धलाई दिगो र सरल बनाउँछ ।

भागदौडको जिन्दगी र घरपरिवारको जिम्मेवारीका कारण दम्पती एकअर्काको दायित्व बिर्सिन्छन् । विवाहको नयाँ तरिकाले सम्बन्धलाई थप बलियो बनाउने काम गर्छ । जस्तै, गिफ्ट आदानप्रदान, नाइट आउट, डिनर प्लान गर्नु र कुनै बेला प्रेमी प्रेमिका जस्तै आफ्ना लागि समय निकालेर रमाइलो गर्नु ।

विवाह लामो समयसम्मका लागि गरिएको लगानी जस्तै हो ।  जति प्रेम दिइन्छ पछि त्यति नै फिर्ता पाइन्छ । सम्बन्धमा झगडा हुन तार्किक आधार चाहिंदैन । सामान्य कुरानमा समेत झगडा हुन सक्छ । तर झगडा सुल्झाउन तार्किक क्षमता हुन जरुरी छ ।

सम्बन्ध निभाउन त्याग, समर्पण, परस्पर भरोसा, सम्झौता, तालमेल जस्ता कुरा आवश्यक पर्छन् । यी कुरा भएनन् भने सम्बन्धमा तिक्तता आउँछ ।

भारतीय सञ्चारमाध्यमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?