+
+

थप १४ जनामा कोरोना संक्रण, ५५ जना निको

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १५:२४

२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५५ जना निको भएका छन् भने हाल देशभर १ हजार ४३८ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्‍ये ४१९ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार 806 पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६6 हजार 259 जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?