+
+

कृषिमा आमूल परिवर्तन जरुरी छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १८:२८

२ वैशाख, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषिमा आमूल परिवर्तन जरुरी रहेको उनले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्रीले अर्थमन्त्री शर्माले भने, ‘अब कृषिमा रुपान्तरण जरुरी छ, हामीले कम्तिमा साग त रोप्नु पर्‍यो नि !’

विद्युत खपतमा समेत ध्यान दिनुपर्ने उनले बताए । अर्को आम्दानीको महत्वपूर्ण श्रोत पर्यटन भएको भन्दै पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिनुपर्ने बताए । यसका लागि पनि सरकारले काम गरिरहेको उनले बताए ।

संविधान र कानूनको कार्यान्वयनमा पनि धेरै कमजोरी रहेको भन्दै उनले देशमा संघीयता भए पनि अहिले पनि केन्द्रीकृत मानसिकता उनले बताए । जसले गर्दा बजेट कार्यान्वयनमा समस्या रहेको अर्थमन्त्री शर्माको भनाइ छ ।

उनले पेट्रोलियम आयात गत वर्षकै परिमाणमा भए पनि महंगीका कारण धेरै रकम आयातमा खर्च भएको उनले बताए । खाने तेल, मेसिनरी पार्टपुर्जा लगायतका सामान आयातको अवस्था पनि उस्तै रहेको उनले बताए । अर्थतन्त्रमा मूल्यवृद्धिको मार परेको उनले बताए ।

‘यसले विदेशी मद्रा सञ्चिति घट्यो, बीओपी ठूलो घाटामा गयो,’ उनले भने ।  ग्याँसमा प्रतिसिलिन्डर ९२५ रुपैयाँ अनुदान रहेको भन्दै अब ग्यासमा नभई विद्युतमा सुविधा दिनेतर्फ सोचिरहेको उनले बताए । हाइब्रिड बिउ दिएर किसानलाई धानको उत्पादनमा जोड गर्न लगाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?