+
+

कांग्रेस कार्यकर्ताले गठबन्धनको निर्णय नमाने कारबाही हुन्छ : गृहमन्त्री खाण

टोपराज शर्मा टोपराज शर्मा
२०७९ वैशाख ७ गते १८:१८

७ वैशाख, बुटवल। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दलका नेताहरु गठबन्धनको निर्णय विपरीत गए कारबाहीमा पर्ने बताएका छन् ।

बुधबार रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु कांग्रेस केन्द्रीय समितिको निर्णय नै भएको दावी गरे ।

गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने खाणले बताए ।

‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनमा प्रति प्रतिबद्ध छ’, खाणले भने, ‘पार्टीको निर्णय विपरीत जाने नेता कार्यकर्ताहरुको गतिविधि नोटिस गरिएको छ, उनीहरुलाई कारवाही गरिने छ ।’

गृहमन्त्री खाणले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुदैन कि भन्ने आशंका नराख्न आग्रह गरे । निर्वाचनमा सहभागी नभएका दलहरुलाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वानसमेत गरेको भन्दै केही दलहरुसंग सरकार बारम्बार छलफलमा रहेको उनले बताए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुनर्वहाली गर्ने सर्वोच्चको निर्णयलाई सरकारले सम्मान गर्ने गृहमन्त्री खाणको भनाइ छ ।

गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि हवाइ गस्ती गरिने समेत बताए । अहिले एकै चरणमा स्थानीय तहको निर्वाचन हुने भएकाले सुरक्षालाई मजबुत बनाउन नेपाली सेनासँग भएका हेलिकप्टर र निजी हेलिकप्टरको प्रयोग गरेर गस्ती बढाइने उनले बताए ।

सुरक्षा चुनौती देखिएका स्थानमा तत्काल सशस्त्र प्रहरी बललाई पठाउने गरी हेलिकप्टरको व्यवस्थापन गरिने गृहमन्त्री खाणले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?