+
+

नेपालले एमसीसी पास गरेकोमा अमेरिकी सांसदहरुले दिए धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १८:३९

१० वैशाख, काठमाडौं । नेपालले मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेकामा अमेरिकी सांसदहरुले आभार प्रकट गरेका छन् । काठमाडौं आइपुगेका अमेरिकी सांसदहरुले एमसीसी अनुमोदनले नेपालको विकासमा सहयोग पुग्ने बताए ।

नेपाल–अमेरिका संसदीय मैत्री समूहले शनिबार राजधानीमा अन्तर्क्रिया राखेको थियो । उक्त अन्तर्क्रियामा अमेरिकी सांसदहरुले नेपालको समृद्धि, जनजीविका र समावेशी विकासमा निरन्तर सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको बताए ।

नेपालका तर्फबाट सहभागी सांसदहरुले पनि एमसीसीले पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरणीय ऊर्जा लगायतमा सहयोग पुगेको बताएको कांग्रेस नेता तथा सांसद डा. मिनेन्द्र रिजालले जानकारी दिए । गएको १५ फागुनमा प्रतिनिधिसभाले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?