+
+

बैतडीको ८ स्थानीय तहमा एमालेले उम्‍मेदवार टुंगो लगायो, २ मा बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १८:०६

११ वैशाख, डोटी। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बैतडीको सुर्नया र डिलासैनी गाउँपालिकाबाहेकका स्थानीय तहमा उम्‍मेदवार टुंगो लगाएको छ ।

एमालेले दशरथचन्द नगरपालिकामा पुस्करराज जोशी ‘लख्खाभाई’ प्रमुख र उप-प्रमुखमा सरस्वती नेपाली उपप्रमुखको उम्मेदवार बनाएको छ ।

यस्तै पाटन नगरपालिकाको प्रमुखमा नारायणसिंह भण्डारी र हरिना भट्ट, पुर्चौडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर र उपप्रमुखमा जानकी साउँद तथा मेलौलडी नगरपालिकाको प्रमुखमा जगदिशसिंह नायक र उपप्रमुखमा चन्द्रकला साउँदलाई एमालले उम्‍मेदवार बनाएको हो ।

यस्तै दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती कार्की, शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारीसिंह साउँद र सकुन्तला साउँद, पञ्चेश्वर गाउँपालिकाको अध्‍यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा विना भट्टको नाम टुङ्गो लगाएको एमालेले जानकारी दिएको छ ।

यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा जसवीरसिंह बोहराको नाम टुङ्गो लगाएको छ भने उपाध्यक्षमा भने नाम टुंगो लागेको छैन ।

बैतडीको सुर्नया गाउँपालिका र डिलासैनी गाउँपालिकामा भने अझै टुंगो लगाउन बाँकी रहेको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?