+
+

बर्दिबासको मेयरमा कांग्रेसबाट दुई जनाले टिकट पाएपछि…..

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १५:२३

१२ वैशाख, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट दुई जना टिकट लिएर मनोनयन दर्ता गर्न पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर चिरञ्जीवी हमाल र प्रल्हादकुमार क्षेत्री मेयरको उम्मेदवारी दर्ता गर्न गएका थिए ।

तर पछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले हमाल नै आधिकारिक उम्मेद्‍वार भएको पत्र पठाएका थिए ।

त्यसपछि आयोगले उनलाई कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गरेको छ ।

टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

चिरञ्जीवी हमालले पाएको पत्र ।
प्रल्हादकुमार क्षेत्रीले पाएको पत्र ।
चिरञ्जीवी हमाल नै आधिकारिक रहेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि पठाएको पत्र ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?