+
+

तिलोत्तमाको मेयरमा खाँण र चापागाईंको मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १६:५९

१२ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाँण र नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले मनोनयन दर्ता गराएका छन् ।

विभिन्न वडाबाट आएको जुलुसको शक्ति प्रदर्शनसहित खाँणले मनोनयन दर्ता गरेका हुन् । यस्तै एमालेको तर्फबाट मेयरमा चापागाई र उपमेयरमा जागेश्वरी चौधरीले उम्मेदवारी दर्ता गरेका छन् । एमालेले पनि बाजागाजा सहित शक्ति प्रदर्शन गरेर उम्मेदवारी दर्ता गरेको हो ।

उम्मेदवारी दर्ता पछि बोल्दै मेयरका उम्मेदवार खाँणले पूरा हुन नसक्ने सस्तो लोकप्रिय नभई नगरवासीको आवश्यकता अनुसारका योजना बनाएर काम गर्ने बताए ।

एमाले उम्मेदवारहरु चापागाईं र चौधरीले यसअघिको नेतृत्वले सुरु गरेर पूरा गर्न नसकेका योजना पूरा गर्दै समृद्व तिलोत्तमा बनाउने बताए । तिलेत्तमामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएकाले उपमेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?