
१४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंका पसल, व्यवसाय २४ घण्टा नै खुला हुने व्यवस्था गर्ने बताएकी छन् ।
बुधबार नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले आफू निर्वाचित भए रातभर पनि व्यवसाय सञ्चालनको व्यवस्था गरेर काठमाडौंको बेरोजगारी घटाउने बताइन् ।
उनले महानगरपालिकाको सार्वजनिक स्थलमा सडक बत्ती र सीसीटीभी जडान गरेर रातिको समयमा हिँड्न पनि सुरक्षित बनाउने बताइन् ।
उम्मेदवार सिंहले सार्वजनिक स्थलमा निशुल्क खानेपानीको व्यवस्था गर्ने, सार्वजनिक शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्ने, नदीनाला सरसफाइ गर्ने र सम्पदा संरक्षण गर्ने पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4