 
																			१७ वैशाख, तनहुँ । व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान गरेको हो ।
नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीका छोरा हुन् । तनहुँमा नेकपा एमाले र गोबिन्दराज जोशी समुहबीच तालमेल भएको छ ।
उनीहरुको तालमेलबाट व्यासको मेयरको लागि दीपकले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट उपमेयरमा बसुन्धरा घर्ती रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4