+
+

विदेशमा रहेका नेपालीले २ महिना भित्रै आईपीओमा कोटा पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते ११:०८

२३ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपालीलाई साधारण सेयर आईपीओमा कोटा दिने घोषणा गरेका छन् ।

काठमाडौंमा भएको पूँजीबजार सम्बन्धी सम्मेलनमा उनले विदेशमा रहेका नेपालीलाई कोटा दिनका लागि कार्यविधि बनिरहेको उनले बताए ।

यस्तै हमालले बुक विल्डिङ विधिबाट आईपीओ निकाल्ने कामलाई अब अगाडि बनाइने बताएका छन् ।

पारदर्शितामा कसैले प्रश्न उठाउने ठाउँ  बाँकी नहुने गरी काम अघि बढाउन आफूले नेप्सेलाई निर्देशन दिइएको बताए । यसअघि बुक विल्डिङ मार्फत सेयर जारी गर्न सर्वोत्तम सिमेन्टले प्रक्रिया अघि बढाएको थियो ।

तर तत्कालीन बोर्ड अध्यक्ष र नेप्सेका कार्यकारी प्रमुखले नै सर्वोत्तमको सेयर किनेको भेटिएपछि बुक विल्डिङ प्रक्रिया नै अलपत्र छ । त्यसतर्फ इंकित गर्दै अध्यक्ष हमालले भने, ‘हामी चाहान्छौँ अब पहिलो बुक विल्डिङमा पारदर्शिताको प्रश्नै आउनु हुँदैन, रियल सेक्टरलाई हामी ल्याउछौँ ।’

हमालले आफूले दिन गनेर काम गरिरहेको बताएका छन् । बोर्ड अध्यक्ष नियुक्त भएको शुक्रबार ७६ दिज भएको भन्दै उनले भने, ‘मेरो कार्यकाल छोटो भएकोले मैले दिन गनेर काम गरिरहेकफ छु, म केही गर्न आएको हो ।’

आफू निजी क्षेत्रबाट नियामक निकायमा आएको भन्दै निजी क्षेत्रको विषयमा आफू सकारात्मक भएको बताए । प्रधानमन्त्री र अर्थमन्त्री समेत बजारको विकासका विषयमा सकारात्मक रहेकोले काम गर्न आफूलाई सहज रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?