+
+

मुम्बईका सूर्यकुमार यादवले आईपीएलको बाँकी खेल गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते ९:३५

२७ वैशाख, काठमाडौं । चोटका कारण मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् ।

मिडल अर्डर ब्याट्सम्यान यादवले बायाँ हातको नाडीमा चोटको कारण आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् ।

गत मे ६ मा गुजरात टाइटन्सविरुद्धको खेलमा यादवलाई चोट लागेको थियो ।

यादवले सोमबार राति भएको कोलकाता नाइट राइडर्सविरुद्धको खेलसमेत गुमाएका थिए ।

त्यस खेल अघस नै मुम्बई इन्डियन्सले स्टेटमेन्ट जारी गर्दै सूर्यकुमार यादव टिम बाहिर रहने जनाएको थियो ।

सूर्यकुमार यादवले यस सिजन मुम्बईका लागि ८ खेल खेल्दै ३ अर्धशतक मद्दतमा ३०३ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?