+
+

मिथिला नगरपालिकामा रोकिएको मतदान प्रक्रिया पुनः सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १४:४४

३० वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-९ स्थित सार्वजनिक माविको मतदान केन्द्रका पुनः मतदान प्रक्रिया सुरु भएको छ ।

मतदानमा खटिएका कर्मचारी किरण सिंहले मतपत्रमा आफैं छाप हानेको भन्दै विवाद भएपछि केही बेर मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।

निर्वाचन अधिकृत दीपक धितालका अनुसार केहीबेर अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।

यद्यपि उनले कर्मचारीले छाप हानेकोबारे आफूलाई जानकारीमा नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?