
३० वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना भोलि मात्रै सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय कार्यालय ललितपुरका अनुसार शनिबार विहान मात्रै ललितपुर महानगरपालिकाको मतगणना सुरु गर्ने गरी मतपेटिका संकलन भइरहेको छ ।
जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेका अनुसार भोलि शनिबार विहान ७ बजे मात्रै ललितपुरमा सर्वदलीय बैठक डाकिएको छ । ‘सर्वदलीय निर्वाचनमा सहमति भएअनुसार मतगणना सुरु हुन्छ,’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4