+
+

सुर्खेतको वीरेन्द्रनगरमा ११ बजेदेखि मतगणना हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:१७

३१ वैशाख, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

शुक्रबार राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भए पनि सर्वदलीय बैठक बस्न सकेको थिएन ।

बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको बैठकमा सहभागी एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए ।

वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन्।मतगणना वीरेन्द्रनगरको सिटी हलमा हुने बताइएको छ । वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन् ।

नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा शुक्रबारको निर्वाचनमा ७२.०४ प्रतिशतले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?