+
+

पाेखरामा सुरु भयो मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १६:३४

३१ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । पार्दीस्थित जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु भएको हो ।

पोखरामा दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा एक लाख ९६ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

पोखराको मेयरमा २३ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये नेकपा एमालेबाट कृष्णबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य, राप्रपाबाट शंकरप्रसाद खराल, स्वतन्त्र उम्मेदवार गनेस पौडेल चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?